लग-इन

Register
Forgot password?

दरखास्त रूजु सम्बन्धी अत्यन्त जरूरी सूचना

२०८१ फागुन ९ गते प्रकाशित सूचना अनुसार दरखास्त बुझाउन तोकिएको समय समाप्त भएकोले अनलाइन आवेदन दर्ता बन्द भएको सूचित गरिन्छ। खुला तथा समावेशी र आन्तरिक प्रतियोगितातर्फ आवेदन दिने आवेदकले अनलाइन पोर्टलमा लगइन गरी आफ्नो आवेदनको स्थिति हेर्दा रूजु नहुन्जेल Pending(विचाराधीन) र रुजु भैसकेपछि Approved (स्वीकृत) वा Rejected (अस्वीकृत) देखिन्छ। अनलाइन मार्फत प्राप्त दरखास्तको हाल रुजु कार्य भैरहेको छ। कुनै आवेदनमा कागजातको कमी, विवरण अस्पष्ट वा अन्य कुनै कैफियत देखिएमा आवेदकको इमेलमा कैफियतको व्यहोरा खुलाई पठाइने भएकोले दरखास्त रूजु नभइन्जेल नियमित इमेल चेक गर्नुहोला। यस्तो विवरण वा कागजात थप गर्न इमेल प्राप्त भएमा अनलाइन पोर्टलमा लग इन गरी आफ्नो प्रोफाइल पृष्ठमा तोकिएको अवधि भित्र उक्त विवरण वा कागजात राख्नुपर्नेछ । अन्यथा दरखास्त अस्वीकृत भै जाने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ।